जेनजीसहितको सर्वदलीय, सर्वपक्षीय सरकार गठन गर्नुपर्ने ओलीको माग
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय,सर्वपक्षीय सरकार गठनको माग गरेका छन् ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान सङ्कट टार्ने गरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बताए ।
सो भेटवार्ताका विषयबारे जानकारी गराउँदै रिजालले विभिन्न ६ वटा बुँदामा ओलीले अघि सारेका ‘मार्गचित्र’ भन्दै प्रस्तुत गरेका छन् ।
ओलीले प्रतिनिधिसभाबाट संविधान संशोधन गर्ने र संसद् सदस्य नभएको व्यक्ति चुनावी सरकारको प्रधानमन्त्री नियुक्त हुनसक्ने व्यवस्था गर्नुपर्ने पनि बताए ।
उनले जेनजी आन्दोलनले आफूलाई प्रधानमन्त्रीबाट हटाएको भए पनि तिक्तता बढ्न नदिन पुनः प्रधानमन्त्रीको दाबी नगर्ने पनि ओलीले स्पष्ट पारेको रिजालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षा र बाढीपहिरोले कर्णालीका दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
क्वाटरफाइनल प्रवेशका लागि क्यानडा र मोरक्को आमनेसामने
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण