सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलको हवाई आक्रमणमा महिला र बालबालिका सहित ३३ जनाको मृत्यु, के भन्छ अमेरिका ?

बुधबार, १२ कात्तिक २०८२, ०९ : ४२
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • इजरायलले गाजामा भीषण हवाई आक्रमण गरेको छ, जसमा ३३ प्यालेस्टिनीको मृत्यु भएको छ।
  • हमासले आक्रमणमा संलग्नता अस्वीकार गरेको छ र युद्धविरामप्रति प्रतिबद्ध रहेको जनाएको छ।
  • इजरायल र हमासबीचको द्वन्द्व जारी रहँदा, दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।

वासिङ्टन डीसी । इजरायलले मंगलबार राति गाजामा भीषण हवाई आक्रमण गरेको छ । अमेरिकाको नेतृत्वमा भएको युद्धविरामको उल्लङ्घन सुरुमा हमासले गरेको आरोप इजरायली अधिकारीहरूले लगाएका छन् । 

हमासले इजरायली सैनिकहरूमाथि आक्रमण गरेको र बन्धक बनाइएका शव फिर्ता गर्ने शर्त उल्लङ्घन गरेको आरोप इजरायली रक्षामन्त्री इजरायल काट्जले लगाएका छन् । यसैबिच, हमासले भने आक्रमणमा आफ्नो कुनै पनि संलग्नता अस्वीकार गरेको छ र युद्धविरामप्रति आफू ‘पूर्ण रूपमा प्रतिबद्ध’ रहेको बताएको छ ।

हमासका स्वास्थ्य अधिकारीहरू र नागरिक रक्षा एजेन्सीका अनुसार, इजरायली आक्रमणमा ३३ प्यालेस्टिनीहरू मारिएका छन् । यी आक्रमणहरूले गाजा शहर, बेइत ला र खान युनिस लगायत अन्य शहरहरूमा घरहरू, विद्यालयहरू र धेरै आवासीय भवनहरूमा क्षति पु‍र्याएको छ । यति हुँदा हुँदै पनि युद्धविराम कायम रहने कुरामा आफू विश्वस्त रहेको अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले बताएका छन् ।

आफूले सेनालाई बलियो आक्रमण गर्न आदेश दिएको यसअघि, मंगलबार साँझ इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको कार्यालयबाट एक संक्षिप्त विज्ञप्तिमा भनिएको थियो । तर विज्ञप्तिमा आक्रमण गर्नु पर्ने कारण भनिएको थिएन । 

इजरायली विदेशमन्त्री इजरायल काट्जले भने मंगलबार गाजामा इजरायली सैनिकहरूमाथि आक्रमण गरेर हमासले रातो रेखा पार गरेको भनेका छन् । सैनिकहरूलाई आक्रमण गर्ने र बन्धकहरूको शव फिर्ता गर्ने शर्त उल्लङ्घन गरेकोमा हमासले धेरै गुणा मूल्य चुकाउने उनले चेतावनी दिएका थिए ।

इजरायली मिडिया रिपोर्टका अनुसार मंगलबार दिउँसो दक्षिणी गाजा शहर रफाहमा इजरायली सैनिकहरू ट्याङ्क विरोधी मिसाइल र स्नाइपर फायरको सिकार भएका थिए । प्यालेस्टिनी मिडियाले पनि सोही समयमा इजरायली गोलाबारी भएको रिपोर्ट गरेको छ । 

प्रत्यक्षदर्शीहरूले उत्तरमा गाजा र दक्षिणमा खान युनिस जस्ता शहरहरू इजरायली आक्रमणबाट प्रभावित भएको बताएका छन् । गाजा शहरको दक्षिणमा रहेको साब्रा क्षेत्रमा एक घरमा बम विस्फोट हुँदा तीन महिला सहित चार जनाको मृत्यु भएको हमास–नियन्त्रित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले बीबीसीलाई बताए ।

रिपोर्टका अनुसार अल–शिफा अस्पतालमा पनि आक्रमण गरिएको थियो । खान युनिसमा पनि एउटा गाडीलाई ठक्कर दिएको र दुई बालबालिका र एक महिलासहित पाँच जनाको मृत्यु भएको बताइएको छ । आफ्ना लडाकुहरूले इजरायली सैनिकहरूलाई आक्रमण नगरेको हमासले एक विज्ञप्ति जारी गर्दै बताएको छ । 

रफाहमा भएको गोलीबारीको घटनामा आफ्नो कुनै सम्बन्ध नभएको र युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा हमासले स्पष्ट पारेको छ । गाजा पट्टीका क्षेत्रहरूमा फासीवादी इजरायली सेनाले गरेको आपराधिक बम विस्फोट युद्धविराम सम्झौताको स्पष्ट उल्लङ्घन भएको बताइएको छ ।

मंगलबार एक बन्धकको शव फेला पारेको तर इजरायली बमबारीका कारण शव फिर्ता गर्ने प्रक्रिया स्थगित गरिएको हमासको संगठनको सैन्य शाखाले भनेको छ । ‘युद्धविराम लागू छ। यसको अर्थ यहाँ र त्यहाँ केही सानातिना झडपहरू हुनेछैनन् ।’ अमेरिकी उपराष्ट्रपति भान्सले वाशिंगटनमा पत्रकारहरूलाई भने ।

 हमास वा गाजा भित्र अरू कसैले इजरायली सैनिकमाथि आक्रमण गरेको आफूहरूलाई थाहा भएको अनि इजरायलले प्रतिक्रिया दिने अपेक्षा गरेको पनि उनले बताए । यति हुँदा हुँदै पनि बावजुद ट्रम्पले स्थापित गरेको शान्ति कायम रहने आशामा उनी छन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप