कुमारी बैंकद्वारा तृष्णा शाक्यलाई छात्रवृत्ति रकम हस्तान्तरण
काठमाडौँ । कुमारी बैंक लिमिटेडले विगतका वर्षहरूमा जस्तै यसवर्ष शैक्षिक छात्रवृत्ति रकम जीवित देवी (निवर्तमान) तृष्णा शाक्यलाई एक औपचारिक समारोहबीच हस्तान्तरण गरेको छ।
बैंकले बसन्तपुरकी जीवित देवीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. १ लाखका दरले छात्रवृत्ति कोषमा रकम जम्मा गर्दै आएको थियो। उक्त कोषको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपश्चात उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
त्यसै परम्परालाई निरन्तरता दिँदै, बैंकले सो कोषमा जम्मा भएको कुल रु. ७ लाख ३८ हजार ८११ रुपैयाँ ९५ पैसा छात्रवृत्तिका रूपमा निवर्तमान कुमारी तृष्णा शाक्यलाई हस्तान्तरण गरेको हो।
विगत २४ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ तथा ३१७ एटीएममार्फत सेवा दिँदै आएको छ। बैंकले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रका सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई निरन्तर रूपमा अघि बढाउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण