बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अहिले महाधिवेशनको कार्यतालिका ल्याउने समय होइन : प्रवक्ता महत

बुधबार, १२ कात्तिक २०८२, १५ : ००
बुधबार, १२ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीमा नयाँ नेतृत्व चाहियो भन्नेहरूलाई उपनिर्वाचनमा जिम्मा दिँदा राम्रो नतिजा ल्याउन नसकेको बताएका छन् ।

बीपी चिन्तन प्रतिष्ठानले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता डा. महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई व्यङ्ग्य गर्दै नयाँ अनुहार चाहियो भन्नेहरूलाई जिम्मा दिँदा उपनिर्वाचनको नतिजा पार्टीको पक्षमा आउन नसकेको बताए ।

‘पार्टीमा नयाँ अनुहार चाहियो ? कुन अनुहार चाहिने ? कुन चाहियो ?,’ प्रवक्ता डा. महतले भने, ‘उपनिर्वाचनमा देखेकै हो । यो समय त मिलेर अघि बढ्ने होला नि । पार्टीलाई बनाउने र निर्वाचनमा भिड्ने तयारी गर्नुपर्ने होला नि । निर्वाचनमा कसरी जाने भनेर यो केन्द्रीय समिति बैठकले टुङ्गो लगाउनुपर्‍यो ।’

प्रवक्ता महतले अहिले पार्टी महाधिवेशनमा भन्दा निर्वाचनमा केन्द्रित हुने समय रहेको बताए । महामन्त्रीद्वय  थापा र शर्मालाई अहिले महाधिवेशनको तालिका ल्याउने समय नभई निर्वाचनको तयारी गर्ने समय भएको बताए ।

महामन्त्री थापाले जारी केन्द्रीय कार्यसमितिले १५ औँ महाधिवेशनको तालिका ल्याउनुपर्ने धारणा राखेका वेला प्रवक्ता महतको यस्तो भनाइ आएको हो । उनले अहिले महाधिवेशनको कार्यतालिका ल्याउन आवश्यक नरहेको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप