जेनजी आन्दोलनले उठाएको म्यान्डेट अधुरो : संयोजक गजुरेल
सारांश
- हरिकृष्ण गजुरेलले जेनजी आन्दोलनको मूल म्यान्डेट अधुरो रहेको बताए।
- उनले देशलाई निकास दिन अर्को आन्दोलन आवश्यक रहेको जिकिर गरे र सरकारको आलोचना गरे।
- गजुरेलका अनुसार, पुरानै संविधान र प्रणालीमा टेकेर अघि बढ्दा आन्दोलनको औचित्यमाथि प्रश्न उठ्ने अवस्था छ।
काठमाडौं । कम्युनिस्ट समाजवादी पार्टी, नेपालका संयोजक हरिकृष्ण गजुरेलले जेनजी आन्दोलनको मूल म्यान्डेट अधुरो रहेको बताएका छन् । अब मुलुकलाई निकास दिन अर्को आन्दोलन अपरिहार्य बनेको उनको जिकिर छ।
उनले जेनजी विद्रोहको मुख्य सन्देश अहिलेको संसदीय प्रणाली असफल भएको र यसले देशलाई विकास, सुशासन र समृद्धिको मार्गमा अघि बढाउन नसक्ने स्पष्ट सन्देश दिएको बताए । उनले भने, 'जेनजी विद्रोहको म्यान्डेट भनेको अहिलेको व्यवस्थाबाट देश अगाडि बढ्न सक्दैन भन्ने हो। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र भ्रष्टाचार अन्त्य, सुशासन र समृद्धिको सुनिश्चितता त्यो आन्दोलनको मूल माग थियो।'
बुधबार रातोपाटीसँग कुराकानी गर्दै संयोजक गजुरेलले आन्दोलनले उठाएका विषयहरू आफ्नो पार्टीले पनि लामो समयदेखि जोड दिँदै आएको बताए । उनका अनुसार, पुरानै संविधान र त्यसको संरचनामा टेकेर अघि बढ्दा आन्दोलनको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था आएको छ।
गजुरेलले भने, 'यदि पुरानै संविधान र पुरानै प्रणालीलाई आत्मसात गर्नुपर्थ्यो भने त्यो बिद्रोहले जन्म दिनुपर्ने नयाँ व्यवस्था जन्म दिन सकेन। अहिलेको सरकारले न देशलाई निकास दिन सक्छ, न जेनजी आन्दोलनका मुद्दा हल गर्न सक्छ।'
उनले हालको सरकारलाई “विदेशी कठपुतली” र “एनजिओ–आइएनजिओको प्रभावमा चल्ने सरकार”को संज्ञा दिँदै यसले आगामी फागुन २१ गते तोकिएको चुनाव पनि गराउन नसक्ने दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण