जेनजी, दलसहितको बैठकमा प्रधानमन्त्रीले भनिन्– मुलुक हामीले नबनाए कसैले बनाइदिँदैन
सारांश
- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजनीतिक दल र जेनजीसहितको बैठक फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको विषयमा जारी छ।
- प्रधानमन्त्रीले मुलुक आफैंले बनाउनुपर्ने र बारम्बार छलफल हुनुपर्ने कुरामा जोड दिइन्।
- जेनजीहरूले चुनाव आवश्यक रहेको र आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचारविरुद्धको कारबाही हुनुपर्ने बताए।
काठमाडौँ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको वातावरणस्वरुप प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी,राजनीतिक दलसहितको बैठक जारी छ ।
बुधबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले मुलुक आफूहरूले नै बनाउनुपर्ने बताएकी छन् । उनले भनिन्,मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन
राजनीतिक दल र जेनजी सम्मिलित बैठकमा उनले अगाडि भनिन्,'एकपटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु ।'
बैठकमा जेनजीहरूले चुनाव आवश्यक भएको बताउँदै आन्दोलनको मुख्य मागलाई सम्बोधन गरिनुपर्ने बताए ।
'चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन । हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,'जेनजीहरुले बैठकमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण