भारतविरुद्धकाे मैत्रीपूर्ण खेलमा नेपाल विजयी
बुधबार, १२ कात्तिक २०८२, १९ : ३५
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा जित निकालेको छ ।
बुधबार भएको मैत्रीपूर्ण खेलमा घरेलु टोलीविरुद्ध पेनाल्टी सुटआउटमा ३–० को जित निकालेको हो ।
सिक्किमको पाल्जोर रङ्गशालामा निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।
पेनाल्टी सुटआउटमा नेपालका लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकरले गोल गरे । अनिता बस्नेतले भने गोल गर्न सकिनन् ।
भारतका लागि कुनै पनि खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन् । प्रियदर्शनी र अस्तम ओरमको प्रहारलाई नेपाली गोलपिकर अञ्जना रानामगरले बचाउँदा सन्तोषको प्रहार बाहिरिएको थियो ।
त्यसअघि भारतका लागि सौम्या गुगुलोथ गोल गर्दा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण