मादुरोलाई पक्राउ गर्न जब अमेरिकाले मुख्य पाइलटलाई किन्न खोज्यो
सारांश
- अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका पाइलटलाई घुस दिएर उनलाई पक्राउ गर्ने प्रयास गरेको खुलासा भएको छ।
- अमेरिकी एजेन्टले पाइलटलाई मादुरोको विमान नियन्त्रणमा लिन सक्ने ठाउँमा लैजान आग्रह गरेका थिए र धनी बनाउने प्रलोभन दिएका थिए।
- यो घटनाले अमेरिकाले मादुरोलाई हटाउन वर्षौंदेखि गरिरहेको प्रयास र चासोलाई उजागर गर्दछ।
वासिङ्टन डीसी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न अमेरिकाले उनको मुख्य पाइलटलाई घुस दिएर किन्ने प्रयास गरेको रहस्य खुलेको छ ।
एक अमेरिकी संघीय एजेन्टले मादुरोका प्रमुख पाइलटलाई साहसिक प्रस्ताव राखेका थिए । प्रस्तावअनुसार पाइलटले गुप्त रूपमा राष्ट्रपति मादुरोको विमानलाई अमेरिकी अधिकारीहरूले नियन्त्रणमा लिन सक्ने ठाउँमा मोडिदिनुपर्ने थियो ।
गुप्त बैठकमा एजेन्टले पाइलटलाई यस्तो गरेबापत उनलाई ‘धेरै धनी बनाइदिने’ बताएका थिए । उक्त भेटघाट तनावपूर्ण थियो, र पाइलटले कुनै प्रतिबद्धता नजनाए पनि उनले एजेन्ट एडविन लोपेजलाई आफ्नो सेल नम्बर दिएका थिए, जसलाई अमेरिकी सरकारलाई सहयोग गर्न उनी इच्छुक हुनसक्ने सङ्केतका रूपमा लिइएको थियो ।
पाइलटले गत जुलाईमा सरकारी जागिरबाट अवकाश लिएपछि पनि लोपेजले १६ महिनासम्म एउटा इन्क्रिप्टेड मेसेजिङ एपमार्फत उनीसँग कुराकानी जारी राखेका थिए ।
लोपेजले पाइलटलाई आफ्नो पक्षमा पार्न गरेको यो अप्रत्याशित र षड्यन्त्रले भरिएको गाथामा शीतयुद्धकालीन जासूसी थ्रिलरका सबै तत्त्वहरू थिए — विलासी निजी जेटहरू, एयरपोर्ट ह्याङ्गरमा गोप्य बैठक, उच्च जोखिमको कूटनीति र मादुरोको प्रमुख लेफ्टिनेन्टलाई फसाउने प्रयास । पाइलटको वास्तविक वफादारीलाई लिएर भेनेजुएलाका राष्ट्रपतिलाई झस्काउन रचिएको अन्तिम चालसमेत यसमा समावेश थियो ।
यो योजनाले अमेरिकाले मादुरोलाई हटाउन वर्षौँदेखि कुन हदसम्म प्रयास गरेको छ र प्रायः हताश तरिकाले काम गरेको छ भन्ने कुरालाई उजागर गर्छ । तेल(समृद्ध राष्ट्रको प्रजातन्त्र नष्ट गरेको र लागूपदार्थ तस्करहरू, आतङ्कवादी समूहहरू तथा कम्युनिस्ट शासित क्युबालाई जीवनरेखा दिएको आरोप मादुरोमाथि अमेरिकाले लगाउँदै आएको छ ।
डोनाल्ड ट्रम्प ह्वाइट हाउस फर्किएदेखि नै भेनेजुएलाप्रति थप कठोर अडान लिएका छन् । राष्ट्रपति ट्रम्पले भेनेजुएलाबाट कोकेन तस्करीको आशङ्का गरिएका माछा मार्ने डुङ्गाहरूमाथि आक्रमण गर्न क्यारिबियनमा हजारौँ सेना, आक्रमण हेलिकप्टर र युद्धपोतहरू तैनाथ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण