चुनावको विकल्प छैन, प्रविधियुक्त चुनाव गर्नुपर्छ: जेनजी प्रतिनिधि सागर ढकाल
सारांश
- बुधबार बालुवाटारमा सरकार, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय संवाद भयो, जसमा चुनावको विकल्प नभएको कुरा उठ्यो।
- जेनजीका प्रतिनिधि सागर ढकालले लोकतान्त्रिक अभ्यासलाई प्रविधियुक्त बनाउन जोड दिए, र सरकारसँग सहकार्यको कुरा गरे।
- ढकालले ७५ वर्षमा पनि पूर्ण कार्यकालको सरकार नबनेको र प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताए।
काठमाडौँ । सरकार, राजनीतिक दल र जेनजीबिच बुधबार बालुवाटारमा सम्पन्न त्रिपक्षीय संवादपछि जेनजीका प्रतिनिधि सागर ढकालले ‘चुनावको विकल्प छैन’ भन्दै लोकतान्त्रिक अभ्यासलाई प्रविधियुक्त बनाउनु पर्नेमा जोड दिएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै ढकालले भने, ‘चुनावको विकल्प छैन, अब प्रश्न यसको प्रक्रिया र विधि कस्तो हुने भन्ने हो।’ उनका अनुसार सरकारले पहिलोपटक यस्तो संवादको थालनी गरेको छ, जसमा सबै पक्षले सहभागी भएर सहकार्य र समाधानको बाटो खोज्दै छन्।
ढकालले भने, ‘प्रजातन्त्र आएको ७५ वर्ष बितिसक्यो, तर अहिलेसम्म पूर्ण कार्यकाल पूरा गर्ने सरकार बन्न सकेको छैन।’
उनले प्रविधिको प्रयोगलाई अब राजनीतिक दलहरूले पनि आत्मसात् गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘जेनजीले लिएको प्रविधिको बाटो अब दलहरूले पनि अवलम्बन गर्नुपर्छ।’
बैठकमा आफूले विदेशमा रहेकालाई मतअधिकार दिनुपर्ने कुरा राखेको समेत जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण