आलुखेती गर्ने कञ्चनपुरका किसानलाई मौसमकै चिन्ता
सारांश
- मौसममा आएको परिवर्तनका कारण कञ्चनपुरका किसानलाई आलु रोप्न समस्या भएको छ।
- आलु रोपेका किसानलाई वर्षाले बीउ बिग्रने चिन्ता छ भने रोप्न तयार पारेको खेतमा पानी जम्ने समस्या छ।
- कृषि विज्ञहरूले सिँचाइ प्रणालीमा सुधार र मौसम अनुकूल प्रविधि अपनाउन सुझाव दिएका छन्।
कञ्चनपुर । मौसममा आएको परिवर्तनका कारण यहाँका आलुखेती गर्दै आएका किसानलाई समस्या परेको छ । आलु रोप्ने चटारोमा रहेका किसानले तीन दिनदेखि आकाशमा बादल लागेर पानी पर्ने जस्तो मौसम भएपछि आलु रोप्न नपाएका हुन् । आलु रोपेका किसानलाई पनि वर्षा भए बिग्रने चिन्ताले सताउन थालेको छ ।
बेदकोट नगरपालिका–१ का किसान गोपाल रानाले तीन दिन अघिमात्र पाँच कट्ठामा आलु रोपेको बताए । “वर्षा होलाजस्तै छ”, उनले भने, “वर्षा भए रोपेको आलुको बीउ नै कुहिने डर छ, निकै चिन्तित छौँ, वर्षा भए रोपेको आलु त बिग्रिन्छ नै, रोप्नका लागि ठिक्क पारिएको खेतमा पानी जम्ने भएकाले खेती गर्न ढिलो हुँदा उत्पादनमा असर पर्छ ।” वर्षा भए खेतमा पानी जम्ने, आलुको बीउ उम्रिन ढिलो हुने र रोग कीरा बढ्ने समस्या हुनसक्ने कृषि प्राविधिक सन्तोषबहादुर सिंहले बताए ।
कञ्चनपुरमा आलु प्रमुख नगदे बालीका रूपमा रहेको छ । पछिल्ला वर्षहरूमा अनियमित वर्षा र जलवायु परिवर्तनका कारण किसानले समस्या भोग्दै आएका छन् । सिँचाइ प्रणालीमा सुधार र मौसम अनुकूल प्रविधि अपनाउन सक मात्र आलुलगायतका तरकारी उत्पादनलाई व्यवस्थित बनाउन सकिने कृषि विज्ञहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण