रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते
बिहीबार, १३ कात्तिक २०८२, ०८ : १५
सारांश
- रोल्पाको सुनिलस्मृति गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा तीन जना घाइते भएका छन्, जसमध्ये तीनै जनाको अवस्था गम्भीर छ।
- दुर्घटना लु २ च ८०१५ नम्बरको जिप गएराति सडकबाट खसेर भएको हो।
काठमाडौँ । रोल्पाको सुनिलस्मृति गाउँपालिका –४ धुलेओडारमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
लु २ च ८०१५ नम्बरको जिप गएराति पौने १० बजेतिर सडकबाट खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विज्ञान चापागाईँले जानकारी दिए ।
दुर्घटनामा ३२ वर्षीय थम्मन रोका मगरको उपचारका क्रममा मृत्यु भएको र अन्य तीन जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको उनले बताए ।
दुर्घटनामा परी लुंग्री गाउँपालिका–७ हर्जनका ४० वर्षीय खिमबहादुर पुन, लुंग्री –४ साल डाडाँकी २७ वर्षीया भावना गिरी र उनकी ५ वर्षीया छोरी शान्ति गिरी घाइते छन्। घाइते तीनै जनाको अवस्था जटिल रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण