६ स्थानीय तहमा न्यायिक सहजकर्ता राख्दै बागमती सरकार
सारांश
- बागमती प्रदेश सरकारले ६ स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ।
- प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ जिल्लाका ६ वटा गाउँपालिकाका लागि दरखास्त आह्वान गरेको हो।
- आवेदकले १५ दिनभित्र आवेदन दिन सक्नेछन्, शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।
हेटौँडा । बागमती प्रदेश सरकारले ६ स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्तिका लागि दर्खास्त आह्वान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ जिल्लाका ६ वटा गाउँपालिकाका लागि करार सेवामा स्थानीय न्यायिक सहजकर्ता पदमा दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले एक सूचना प्रकाशित गर्दै स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८२ बमोजिम रिक्त पदहरू पूर्ति गर्न लागेको हो । उक्त पदका लागि मकवानपुर जिल्लाको कैलाश गाउँपालिका र मकवानपुर गढी गाउँपालिका, रामेछापको लिखु तामाकोसी गाउँपालिका, ललितपुरको कोन्ज्योसोम गाउँपालिका, दोलखाको तामाकोसी गाउँपालिका र रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा दरखास्त मागिएको छ ।
इच्छुक र योग्य नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । आवेदनका लागि न्यूनतम शैक्षिक योग्यता कानुनमा माध्यमिक शिक्षा वा प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।
आवेदकले कुनै एक स्थानीय तहका लागि मात्र दरखास्त दिन पाउने र हाल कुनै अन्य गाउँपालिकामा कार्यरत न्यायिक सहजकर्ताले आवेदन दिन नपाउने स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण