प्रचण्ड र माधवलाई घनश्यामको सुझाव : अब फरक भूमिकामा जानुस्
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रचण्ड र माधव नेपाललाई जनताले अस्वीकार गरेकाले फरक भूमिकामा जान सुझाव दिएका छन् । काठमाडौँमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन अध्यक्ष नेपालको प्रतिवेदनमाथि टिप्पणी गर्दै भुसालले फरक भूमिकामा रहन सुझाव दिएका हुन् ।
पार्टी एकता अन्तिम चरणमा पुगेको बेला उनले अब आदेशले समाज नचल्ने भन्दै संवादमात्र जनताले मान्ने स्पष्ट पारेको एक नेताले रातोपाटीलाई जानकारी दिए । पार्टी एकता गर्दा नेता बलियो हुने गरी नभई जनता बलियो बनाउने गरी हुनुपर्नेमा भुसालले जोड दिए ।
‘माधवजी, प्रचण्डजी फरक भूमिकामा जानुस् । कार्यकर्ताले त मानेका हौँ । जनताले मानेनन् तपाईँहरूको लामो कार्यकारी भूमिका,’ भुसालको भनाइ उद्धृत गर्दै ती नेताले रातोपाटीसँग भने, ‘अब आदेशले समाज चल्दैन, संवाद मात्र मान्छ जनता । अलि सोचेर सैद्धान्तिक वैचारिक एकता गरौँ । नाम मिल्यो, झण्डा मिल्यो भनेर प्राविधिक एकता नगरौँ । यो अपमानपूर्ण हुन्छ ।’
यसअघि एकता गरेपछि केपी ओली बलियो भएको उनले बताएका थिए । अब पार्टी एकता जनता बलियो बनाउने हो भने नेतृत्व पनर्गठन गरेर जान भुसालले सुझाव दिए ।
‘हामी कोही तपाईंहरूभन्दा अब जुनियर होइनौँ। हामीले प्रस्ताव गरेको जनवादी क्रान्ति सकियो, अब समाजवादी क्रान्तिको युग सुरु भयो भन्ने विचार हामीले ८ औँ महाधिवेशन मा प्रस्तुत गरेको कुरा आज बृहत्तर स्वीकारोक्ति छ । तसर्थ तपाईंहरू फरक भूमिकामा जानुस् पार्टी पुनर्गठन गरेर जाँदा एकीकृत समाजवादीसँग प्रचुर सम्भावना छ जुन सम्भावना एमाले वा माओवादीसँग छैन,’ उनले भने ।
पार्टी पुनर्गठन गरेर बृहत् वाम एकताको ढोका खोल्न सकिने उनले बताए । यी फरक मतलाई अध्यक्षले कसरी निष्कर्ष दिन्छन् त्यसपछि आफ्नो निर्णय गर्ने उनले स्पष्ट पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण