एक घण्टामा दुई प्रदेश सभापति र चार केन्द्रीय सदस्यले राखे धारणा
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा दुई प्रदेश सभापति र चार केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेबाट सुरु बैठकमा तीन बजेसम्म ५ सदस्यले धारणा राखेका हुन् । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ ।
बैठकमा बागमती प्रदेश सभापति इन्द्र बानियाँ र लुम्बिनी प्रदेश सभापति अम्मर पुनले धारणा राखेका छन् ।
त्यस्तै केन्द्रीय सदस्यहरू विद्या तिमिल्सिना, लक्ष्मी खतिवडा, मानबहादुर नेपाली र जाबेदा खातुन जागाले धारणा राखेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
बानियाँ बागमती प्रदेशका मुख्यमन्त्रीसमेत हुन् । बैठकमा आफ्नो समूहको लाइन अनुसारको धारणा आइरहेको ती सदस्यले बताए ।
लुम्बिनी प्रदेश सभापति महामन्त्री गगन थापा निकट हुन् । बाँकी धारणा राख्ने संस्थापन पक्षीय नेताहरू हुन् ।
कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । नियमित महाधिवेशनको पनि मितिमा विवाद छ ।
संस्थापनले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको रहेको छ । इतर समूहले नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने बताइरहेको छ ।
एउटा समूहले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर विशेष महाधिवेशन गर्न भनेर कार्यवाहक सभापति खड्कालाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण