मङ्सिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव छैन : बानियाँ
सारांश
- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले मंसिरमा महाधिवेशन नहुने बताए।
- उनले विशेष महाधिवेशन तीन महिनाभित्र गर्न नसकिने र नियमित महाधिवेशन पनि सम्भव नभएको उल्लेख गरे।
- बानियाँले महाधिवेशनबारे परिपक्व निर्णय गर्न र पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने धारणा राखे।
काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आगामी मङ्सिरमा नियमित र विशेषमध्ये कुनै पनि महाधिवेशन हुन सम्भव नभएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका बानियाँले भने– ‘विशेष महाधिवेशनको बहस भइरहेको छ ।
प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मङ्सिरभित्र हुने अवस्था देख्दिनँ । क्रियाशील सदस्यताको प्रगति हेर्दा नियमित महाधिवेशन त झन् सम्भव नै छैन ।’
उनले महाधिवेशनबारे परिपक्व निर्णय गर्नुपर्ने बताए । महाधिवेशनबारे कार्यान्वयनको वातावरण नबनाई निर्णय मात्रै गर्दै जाने हो भने कांग्रेस अपरिपक्व पार्टी बन्ने बताए । ‘महाधिवेशन गर्ने निर्णय कार्यान्वयनको वातावरण नबनाई गर्ने हो भने नेपाली कांग्रेस अपरिपक्व पार्टी बन्छ,’ बानियाँले भने ।
उनले महाधिवेशनको विषयमा देखिएको पार्टीभित्रको पछिल्लो विवादलाई दुवै पक्षले जीतको महसुस गर्ने गरी समाधान गर्नुपर्ने बताए । पार्टी आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा जानुपर्ने बानियाँले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण