एक दर्जन सेलिब्रेटी युकेमा सम्मानित
सारांश
- लन्डनमा एक कार्यक्रममा करिब एक दर्जन सेलिब्रेटीहरूलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले सम्मान गरेको छ।
- सम्मानित हुनेहरूमा चलचित्र निर्देशक, गायक, समाजसेवी, साहित्यकार, र व्यवसायीहरू रहेका थिए।
- कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत र एनआरएनएका पूर्व अध्यक्षको उपस्थिति थियो।
लन्डन । चलचित्र निर्देशक प्रदीप शाही, वरिष्ठ गायिका शर्मिला बर्देवा, गायक राजेश बर्देवासहित करिब एक दर्जन सेलिब्रेटी एकसाथ सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले आफ्नो छैटौँ घोषणा सभाको अवसर पारेर उक्त सम्मान गरेको हो ।
कार्यक्रममा चलचित्र निर्देशक संयुक्त श्रेष्ठ, कलाकार सनम बैराग, समाजसेवी हरि कार्की, साहित्यकार तथा समाजसेवी डा .बच्चुकैलाश कैनी, भिडियोग्राफर सुमन श्रेष्ठ, चितवन समाज युकेका अध्यक्ष राजु आचार्य, अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खकुराल, नेवा संस्कृति अभियन्ता विनोद चिपालु, इनास युकेकी पूर्व अध्यक्ष रजनी सुनुवार, पत्रकार भगीरथ योगी, लेखक श्रीभक्त खनाल, व्यवसायी बिकाश नेपाल, पासा पुच गुथी युकेका अध्यक्ष सुशील प्रजापति, प्रतिभा नक्षत्रका अध्यक्ष कुमार श्रेष्ठ, खेलकुदबाट सिद्धार्थ विक्रम क्षेत्री, सुरज कार्की, सबिना श्रेष्ठ, इनास वेल्सका अध्यक्ष रामदत्त मिश्र लगायतलाई सम्मान गरिएको थियो ।
उलीचस्थित ट्रामशेड थियटरमा आयोजित कार्यक्रम लन्डन स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडी, एनआरएनए आइसीसीका पूर्व अध्यक्ष कुल आचार्य, एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनी, इनास यूकेका संस्थापक तथा इनास ग्लोवलका पूर्व उपाध्यक्ष मनिष श्रेष्ठ एवं इनास यूकेका अध्यक्ष सञ्जयभक्त कंडेल लगायतले उनीहरूलाई सम्मान गरे ।
कार्यक्रममा कार्यवाहक राजदूत दुवाडीले बेलायतस्थित नेपाली डायष्पोरा अत्यन्त सक्रिय र नेपाललाई अत्यन्तै माया गर्ने समुदायको रुपमा पाएको बताए ।
एनआरएनए आइसीसीका पूर्व अध्यक्ष कुल आचार्यले इनास यूकेले कला–संस्कृतिमार्फत नेपाली समुदायलाई एउटै मालामा गाँस्ने काम गरेको बताए ।

कार्यक्रममा गायिका शर्मिला बर्देवाले ‘आगो लाग्यो दिलैमा दमकल बोलाइ देउ’ले गीत प्रस्तुत गर्दा राजेश बर्देवा, सर्वेन्द्र अधिकारी, निशान बराल, निश्चल अधिकारीले पनि साङ्गीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा सविना श्रेष्ठ, रोहिणी भण्डारी, निशा श्रेष्ठ, समिक्षा खरेल, पुष्पा कार्की लगायत कलाकारहरुले नृत्य प्रदर्शन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
-
जन्तर मन्तरबाट ककरोच जनता पार्टीका प्रदर्शनकारी हटाइए, प्रहरीद्वारा लाठीचार्ज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण