युक्रेनी पावर प्लान्टमा रुसी आक्रमण, दुई जनाको मृत्यु
शुक्रबार, १४ कात्तिक २०८२, ०९ : ०८
सारांश
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसी आक्रमणमा दुई जनाको मृत्यु भएको छ।
- जेलेन्स्कीले यसलाई आतंकवादको संज्ञा दिँदै रुसी आक्रमणको उचित जवाफ दिनुपर्ने बताए।
- डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको वार्ता रद्द भएपछि रुसी आक्रमण बढेको युक्रेनको आरोप छ।
किभ । स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसको आक्रमणमा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।
'यो स्पष्ट रूपमा आतङ्कवाद हो । सामान्य मानिसहरूले यसरी युद्ध गर्दैनन् । संसारले यो रुसी आक्रमणको उचित जवाफ दिनुपर्छ' उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन् ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाटको सम्भावना औँल्याएका थिए । युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने उनले बताएका थिए । यद्यपि, यो बैठक पछि रद्द भयो । पुटिन–ट्रम्प वातार्ए स्थगित भएदेखि रुसी आक्रमणहरू तीव्र भएको युक्रेनले आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण