बेलायती राजकुमार एन्ड्रयूको शाही पद खोस्ने प्रक्रिया सुरु
सारांश
- राजा चार्ल्सले राजकुमार एन्ड्रयूलाई शाही पद, उपाधि र सम्मानबाट हटाउने प्रक्रिया सुरु गरेका छन्।
- एन्ड्रयूलाई विन्डसरको रोयल लजबाट हटाएर स्यान्ड्रिङ्घम इस्टेटमा सारिने भएको छ, जसको खर्च राजा चार्ल्सले व्यहोर्नेछन्।
- अमेरिकी व्यापारी जेफ्री एप्स्टिन प्रकरणमा नाम जोडिएपछि एन्ड्रयू विवादमा आएका थिए, र उनले आरोपहरू अस्वीकार गर्दै आएका छन्।
लन्डन । बेलायतका राजा चार्ल्सका भाइ राजकुमार एन्ड्रयूलाई राजकुमारको उपाधिबाट वञ्चित गर्ने प्रक्रिया सुरु गरिएको छ । योसँगै उनलाई विन्डसरको रोयल लजबाट हटाइने भएको छ ।
बकिङ्घम दरबारले बिहीबार राति यससम्बन्धी एउटा विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिका अनुसार राजा चार्ल्सले एन्ड्रयूका सबै शाही पद, उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेका छन् ।
एन्ड्रयूले यो महिनाको सुरुमा ड्यूक अफ यर्क समेतका सबै शाही पद छाडेका थिए । अमेरिकी व्यापारी जेफ्री एप्स्टिन प्रकरणसँग उनको नाम जोडिएपछि उनी विवादमा आएका थिए । यसैबिच चार्ल्सले यो कदम चालेका हुन् ।
यस महिनाको सुरुमा प्रकाशित भएको भर्जिनिया गिफ्रेको मरणोपरान्त संस्मरणमा उनले किशोरावस्थामै हुँदा आफूले राजकुमार एन्ड्रयूसँग अलग–अलग तीन अवसरमा यौनसम्पर्क गरेको आरोप दोहोर्याएकी थिइन् । एन्ड्रयूले सधैँ ती दाबीहरूलाई अस्वीकार गर्दै आएका छन् ।
दरबारले दिएको वक्तव्यमा ‘एन्ड्रयूले आरोपहरू अस्वीकार गरे पनि यी कारबाहीहरू आवश्यक ठानिएको’ र दरबारले ‘सबै प्रकारका दुव्र्यवहारका पीडितहरूप्रति समर्थन’ जनाएको भनिएको छ । उनलाई अब स्यान्ड्रिङ्घम इस्टेटमा निजी आवासमा सारिने भएको छ ।
यसको खर्च राजा चाल्र्सले व्यहोर्ने बताइएको छ । एन्ड्रयूकी छोरीहरू राजकुमारी यूजेनी र बियाट्रिसको शाही उपाधिहरू यथावत् रहनेछन् । उनकी पूर्वपत्नी सारा फर्गुसन पनि अब रोयल लजबाट सर्नेछिन् । उनले आफ्नो बसोबासको व्यवस्था आफैं गर्ने भनिएको छ । ब्रिटिश संस्कृति मन्त्री लिसा न्यान्डीले यस निर्णयलाई यौन शोषण र ग्रुमिङका पीडितहरूको समर्थनमा शक्तिशाली सन्देश भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण