शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध

शुक्रबार, १४ कात्तिक २०८२, १२ : ३८
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।
  • नमोबुद्ध र रोशी गाउँपालिकाका विभिन्न स्थानमा लेदो र ढुङ्गा खसेका कारण सडक अवरुद्ध भएको हो।
  • अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ र स्थानीय प्रशासनले सवारी आवागमनमा रोक लगाएको छ।

धुलिखेल । वर्षाका कारण बीपी राजमार्ग सडकखण्ड अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडक माथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ ।

रोशी–७ स्थित चार सय बेँसी, वडा नं ९ को बिरुवा डाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक  माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताए ।

जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सवारी साधन आवागमनमा निषेध गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप