वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध
शुक्रबार, १४ कात्तिक २०८२, १२ : ३८
सारांश
- वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ।
- नमोबुद्ध र रोशी गाउँपालिकाका विभिन्न स्थानमा लेदो र ढुङ्गा खसेका कारण सडक अवरुद्ध भएको हो।
- अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ र स्थानीय प्रशासनले सवारी आवागमनमा रोक लगाएको छ।
धुलिखेल । वर्षाका कारण बीपी राजमार्ग सडकखण्ड अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिकाको विभिन्न स्थानमा आज सडक माथिबाट लेदो आएर सडक अवरुद्ध भएको छ ।
रोशी–७ स्थित चार सय बेँसी, वडा नं ९ को बिरुवा डाँडा, बोक्सेकुना, नार्के र वडा नं ११ को डालाबँसीमा सडक माथिबाट लेदो र ढुङ्गा खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले बताए ।
जोखिम हुन नदिन स्थानीय प्रशासनले बिहीबार साँझ ५ देखि आज बिहान ६ बजेसम्म बिपी राजमार्गको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेबेँसी–सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधन बाहेकका सवारी साधन आवागमनमा निषेध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण