झापा महिला गोल्डकप सोमबारदेखि
सारांश
- एलभिडी प्रथम झापा महिला गोल्डकप-२०८२ फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।
- चक्रवात 'मोन्था' को प्रभावले वर्षाका कारण प्रतियोगिता दुई दिन ढिला भएको हो।
- प्रतियोगितामा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच उद्घाटन खेल हुनेछ।
झापा । एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण ‘नकआउट फुटबल’ प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ ।
बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले यहाँ वर्षा भइरहेकाले प्रतियोगिता दुई दिन ढिला हुन लागेको हो । यसअघि शिवसताक्षीस्थित दुधे रङ्गशालामा उक्त प्रतियोगिता शनिबारदेखि आरम्भ हुने तय भएको थियो । प्रतियोगिताका अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुनेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु एक लाख ५० हजार र अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही रू २५ हजार प्रदान गरिने आयोजक समितिले जनाएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १५ हजार प्रदान गरिने छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लबले भाग लिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण