आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट गर्ने पक्राउ

शुक्रबार, १४ कात्तिक २०८२, २३ : ०६
शुक्रबार, १४ कात्तिक २०८२

सारांश

  • भदौ २४ गतेको प्रदर्शनमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ, जो कास्की कारागारबाट भागेका थिए।
  • पक्राउ परेका व्यक्तिले वडा प्रहरी कार्यालय बैदाममा लुटपाट र चोरी गरेको आरोप छ, जसमा मोटरसाइकल र क्यामेरा बरामद गरियो।
  • ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका जलारी आपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि ६ दिनको म्याद थपिएको छ।

गण्डकी । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको मोटरसाइकल र डिजिटल क्यामेरासहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  

ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका जलारी कारागारबाट भागेर प्रहरी कार्यालयमा लुटपाट तथा चोरीमा संलग्न रहनुका साथै अहिले लटपातमा संलग्न रहेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ परेका निजलाई आपराधिक उपद्रव मुद्दामा कास्की जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप