वेस्ट इन्डिजद्वारा पहिलो पटक विदेशी भूमिमा टी-२० शृङ्खलामा क्लिन स्विप
सारांश
- वेस्ट इन्डिजले बंगलादेशलाई तेस्रो टी-२० खेलमा पनि पराजित गर्दै शृङ्खलामा ३-० को क्लिन स्विप गर्यो।
- रोमारियो शेफर्डको ह्याट्रिक र रोस्टन चेजको अर्धशतक वेस्ट इन्डिजको जितको मुख्य कारण बन्यो।
- वेस्ट इन्डिजले १५२ रनको लक्ष्य पछ्याउँदै १६.५ ओभरमा ५ विकेट गुमाएर जित हासिल गर्यो।
ढाका । वेस्ट इन्डिजले बंगलादेशलाई तेस्रो टी-२० खेलमा पनि पराजित गर्दै तीन खेलको शृङ्खलामा ३-० को क्लिन स्विप गरेको छ। यो जितसँगै वेस्ट इन्डिजले पहिलो पटक विदेशी भूमिमा टी-२० शृङ्खलामा क्लिन स्विप गर्ने रेकर्ड बनाएको छ।
वेस्ट इन्डिजको जितमा तीव्र गतिका बलर रोमारियो शेफर्डको ह्याट्रिक र रोस्टन चेजको अर्धशतक महत्त्वपूर्ण रह्यो। शुक्रबार चटगाउँमा पहिले ब्याटिङ गरेको बंगलादेश १५१ रनमा अलआउट भयो।
ओपनर तन्जिद हसन तमीम ले एक्लै ८९ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन्। वेस्ट इन्डिजका लागि रोमारियो शेफर्डले ह्याट्रिकसहित महत्त्वपूर्ण विकेट लिए। उनले १७औँ ओभरको अन्तिम बलमा नूरुल हसनलाई आउट गरे र त्यसपछि २०औँ ओभरको पहिलो दुई बलमा तन्जिद र शोरिफुल इस्लामलाई आउट गर्दै ह्याट्रिक पूरा गरे। जेसन होल्डर र खैरी पिएरले पनि २–२ विकेट लिए।
जवाफमा १५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५२ रनमै ३ विकेट गुमाएर कमजोर सुरुवात गर्यो। तर, कप्तानको भूमिका निर्वाह गरिरहेका रोस्टन चेजले २९ बलमा ५० रन बनाएर अकीम अगस्टे (५० रन) सँग ९१ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए। वेस्ट इन्डिजले १६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य हासिल गर्यो। बंगलादेशका रिशाद हुसेनले ३ विकेट लिए।
शृङ्खलाभर ७ विकेट लिएका अलराउन्डर रोमारियो शेफर्ड प्लेयर अफ द सिरिज घोषित भए। यसअघि भएको एकदिवसीय शृङ्खला भने बंगलादेशले २-१ ले जितेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण