शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

मुग्लिन-नारायणगढ सडकखण्डमा ढुङ्गा खस्ने क्रम रोकिएन, यात्रामा सावधानी अपनाउन आग्रह

शनिबार, १५ कात्तिक २०८२, ०८ : ५५
शनिबार, १५ कात्तिक २०८२

सारांश

  • मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला र काली खोला नजिकै ससाना ढुङ्गा खस्ने क्रम जारी छ।
  • सडक डिभिजन भरतपुरले मेशिन प्रयोग गरी पहिरो पन्छाएर आवागमन खुलाएको छ।
  • कार्यालयले वर्षातमा पहिरोको जोखिम रहेको भन्दै सुरक्षित यात्रा गर्न आग्रह गरेको छ।

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत तुइन खोला पुल र काली खोला नजिकै सामान्य रूपमा ससाना डुङ्गाहरू खस्ने क्रम रोकिएको छैन । 

सडक डिभिजन भरतपुर मेशिनको प्रयोग गरी स(साना पहिरो पन्छाउँदै सडक आवागमन खुलाइएको जानकारी दिएको छ । 

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर लेन अनुशासनमा रही सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप