सुनचाँदी बजारमा प्रहरीको दमनविरुद्ध आन्दोलन : दोषीमाथि कारबाहीको माग
सारांश
- जनकपुरधाममा सुनचाँदी बजारमा भएको घटनाको छानबिन र दोषी प्रहरीलाई कारबाहीको माग गर्दै आन्दोलन सुरु भएको छ।
- धनतेरसको दिनमा प्रहरीले सुनचाँदी पसलमा छापा मार्दा व्यवसायी र प्रहरीबीच झडप भएको थियो, जसमा संघका अध्यक्ष घाइते भए।
- आन्दोलनको पहिलो चरणमा कालो झण्डा र पट्टी प्रयोग गर्दै विरोध, माग पूरा नभए थप कडा कार्यक्रम घोषणा गरिनेछ।
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घ सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ। धनतेरस पर्वको पूर्व सन्ध्यामा जनकपुरधामस्थित सुनचाँदी बजारमा सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले कुटपिट गरेको थियो ।
सो घटनाका विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य सङ्घ र जनकपुरधामका व्यापारीहरूले दुई चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेर प्रदर्शनमा उत्रिएका हुन् ।
सङ्घको आह्वानमा आजदेखि व्यापारीहरू आ–आफ्नो व्यापारिक प्रतिष्ठानमा कालो झन्डा झुन्ड्याएर र कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरिरहेका छन् । कात्तिक १७ गतेसम्म उनीहरुले कालो पट्टी बाँधेर व्यवसाय सञ्चालन गर्ने जनाएका छन् ।
पहिलो चरणको आन्दोलन पश्चात् माग सम्बोधन नभए कात्तिक १८ गते बिहान ९ बजे नगर परिक्रमा गर्ने, दिउँसो १२ बजेसम्म सबै पसल बन्द गर्ने तथा जनक चोकमा कोणसभा र पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ ।
धनतेरस पर्वको पूर्व सन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा सुनचाँदी पसलमा छापा मारेको थियो । छापा मार्ने क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू प्रतिवादमा उत्रिएका थिए । प्रहरीले छापा मार्ने नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरूले प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा प्रहरीको कुटाइबाट जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष भण्डारी घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण