कांग्रेस पदाधिकारी बैठक बिना निष्कर्ष सकियो, महाधिवेशनको कार्यतालिकामा सहमति जुटेन
सारांश
- नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकाबारे पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गियो।
- निर्वाचनअघि वा पछि महाधिवेशन गर्ने भन्नेमा विवाद हुँदा सहमति जुट्न सकेन।
- संस्थापन पक्ष निर्वाचनपछि र इतर पक्ष निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने अडानमा छन्।
काठमाडौँ । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको कार्यतालिका बारे सहमति जुटाउन बसेको पार्टी पदाधिकारी बैठक बिना निष्कर्ष टुङ्गिएको छ।
निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा देखिएको विवाद समाधान गर्न शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा पनि सहमति जुट्न नसकेको हो। पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले समान धारणाका साथ अघि बढ्ने निष्कर्षका साथ बैठक सकिएको बताए।
प्रवक्ता महतले सहमति नजिक पुगेको अनुभव गरेको बताउँदै भने, ‘१५ औँ महाधिवेशन सम्पन्न गर्ने विषयमा जुन आम निर्वाचन अगाडि गर्दा राम्रो हुन्छ कि आम निर्वाचनपछि गर्दा राम्रो हुन्छरु भन्ने विषयमा नै मतान्तर हो। यसमा धेरै हिसाबले हामी नजिक आएको महसुस मैले गरेको छु। र, एउटा समान निष्कर्षमा हामी पुग्छौँ भन्ने मलाई लागेको छ।’
उनले केन्द्रीय समितिले सहमतिबाटै एउटा समान दृष्टिकोण बनाएर टुङ्ग्याउने विश्वास व्यक्त गरे। नेपाली कांग्रेसभित्र महाधिवेशनको मितिबारे विवाद छ । संस्थापन पक्ष आगामी आम निर्वाचनपछि वैशाखतिर मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने अडानमा छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको इतर पक्ष भने निर्वाचनअघि नै विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छ।
यही विवादका कारण चालू केन्द्रीय समितिको बैठक पनि भोलिसम्मका लागि स्थगित गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण