एमालेले मंसिर १३ गते महाधिवेशन प्रतिनिधि छान्ने, यस्तो छ छनोटको अनुपात
काठमाडौँ। नेकपा एमालेले ११औँ महाधिवेशनका लागि मंसिर १३ गते देशभर एकैसाथ महाधिवशेन प्रतिनिधि छनोट गर्ने निर्णय गरेको छ ।
शनिबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
नेता ज्ञवालीका अनुसार प्रतिनिधि चयन मंसिर १३ गते देशैभर एकसाथ हुनेछ ।
‘त्यसरी चयन भएका प्रतिनिधिको विवरण मंसिर १५ गते साँझसम्म केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने छ’, ज्ञवालीको भनाइ छ ।
६ लाख ६७ हजार ६ सय पार्टी सदस्यबाट प्रतिनिधि चयन गर्दा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मान्ने निर्णय गरेको ज्ञवालीको भनाइ छ । उनका अनुसार १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । एक तिहाइ महिला प्रतिनिधि, दलित र ४० वर्ष भन्दा मुनिकालाई पनि आरक्षण छुट्टाइएको छ ।
महाधिवेशनमा करिब दुई हजार १ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण