हिरासतको उपज ‘माथिको आदेश छ’ कवितासङ्ग्रह लोकार्पण
सारांश
- वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको ५० दिन प्रहरी हिरासतमा लेखिएका कविताहरूको सङ्ग्रह 'माथिको आदेश छ' लोकार्पण भयो।
- काठमाडौंको प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा जेनजी युवा र कवि मिश्रले संयुक्त रूपमा पुस्तक लोकार्पण गरे।
- हिरासतमा रहँदा लेखिएका ३५ कविताहरू यस सङ्ग्रहमा समावेश छन्, जुन मिश्रको दोस्रो कविता सङ्ग्रह हो।
काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहँदा लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ लोकार्पण भएको छ। काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेनजी युवा र कवि मिश्रले संयुक्त रूपमा यो पुस्तक लोकार्पण गरे।
लेखक मिश्रले नेपालको सन्दर्भमा यो पुस्तक नयाँ प्रयोग भएको अनुमान व्यक्त गरे। उनले भने, ‘नेपालमा हिरासतमा बसेर आत्मसंस्मरण लेखिएका छन्, दैनिकी, उपन्यास लेखिएका होलान्, तर यसरी कविता लेखिएको मैले थाहा पाएको छैन।’ त्यसैले यो कवितासङ्ग्रहको आफ्नो जीवनमा विशेष अर्थ रहेको उनको भनाइ छ।
_cJ0CsL26jH.jpg)
उनका अनुसार ‘माथिको आदेश छ’ मा सङ्गृहीत कविताहरू हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान हुन्। उनले थपे, ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्।’ उनले यसअघि तयार अर्को कवितासङ्ग्रहलाई थाती राखेर हिरासतको बसाइका क्रममा फुरेका कविता सार्वजनिक गरेको बताए।
५० दिन हिरासतमा बस्दा मिश्रले ३५ ओटा कविता लेखेका थिए, जसलाई यस सङ्ग्रहमा समावेश गरिएको छ। "कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो। हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रूपान्तरण गर्न सकेँ," उनले भने।
कार्यक्रममा रवीन्द्र मिश्रले ‘माथिको आदेश छ’ र ‘म राज्यविरुद्धको कसुर भएँ’ लगायत केही कविता वाचनसमेत गरेका थिए।
मिश्रको यो दोस्रो कविता सङ्ग्रह हो। उनको पहिलो कविता सङ्ग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण