बीटीटीएफ- २०२५ मा नेपालले प्रस्तुत गर्यो ‘लाइफटाइम एक्स्पेरियन्स’
सारांश
- नेपालले बंगलादेशको ढाकामा सम्पन्न ट्राभल फेयरमा जीवनभर सम्झना लायक अनुभव प्रस्तुत गरेको छ।
- नेपालका राजदूतले नेपाल-बंगलादेशबीचको पर्यटन आदानप्रदान सुदृढ बनाउनुपर्ने बताए।
- फेयरमा नेपाली विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने व्यवसायीबीच बीटुबी अन्तर्क्रिया भयो।
काठमाडौं । नेपालले बङ्गलादेशको ढाकामा सम्पन्न भएको तीन दिने तेह्रौं बंगलादेश ट्राभल एण्ड टुरिज्म फेयर (बीटीटीएफ) मा जीवनभर सम्झनालायक अनुभव (लाइफटाइम एक्स्पेरियन्स) प्रस्तुत गरेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यवाहक निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय गन्तव्यबारे विस्तृत प्रस्तुति दिँदै नेपाल अनुभवमा आधारित जीवनभर सम्झनलायक गन्तव्य भएको जानकारी गराएका छन् । त्यसैगरी बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आफ्नो मन्तव्यमा नेपाल–बङ्गलादेशबिचका ऐतिहासिक, सांस्कृतिक र जन–जनबिचका सम्बन्ध भएको उल्लेख गर्दै पर्यटन आदान–प्रदानलाई अझ सुदृढ बनाउनुपर्ने उल्लेख गरेका छन् ।
टुअर अपरेटर एसोसिएसन अफ बंगलादेश (टीओएबी) का अध्यक्ष एम.डी. रफेउज्जामान र निर्देशक एम.डी. तस्लिम अमिन (शोभन) ले नेपालबारे चर्चा गर्दै प्राकृतिक र साहसिक गन्तव्य भएको बताएका छन् । कार्यक्रममा ढाकामा रहेका नेपाली विद्यार्थीहरूले लोक–सांस्कृतिक प्रस्तुति गरेका थिए । यसले दुई मुलुकबिचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ ।
औपचारिक कार्यक्रमपछि नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबिच बीटुबी अन्तर्क्रिया तथा नेटवर्किङ्ग सत्रसमेत भएको थियो । साथै, कार्यक्रमकै क्रममा 'राफल ड्र' आयोजना गरी विशेष 'होलिडे प्याकेज'हरू पनि घोषणा गरिएको थियो । यस कार्यक्रममा १०० भन्दा बढी बङ्गलादेशी टुर अपरेटरहरू सहित दुवै देशका पर्यटन व्यवसायी र सरोकारवालाहरू सहभागी थिए ।
बङ्गलादेशको सबैभन्दा ठुलो पर्यटन प्लेटफर्म बीटीटीएफ अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ढाकामा सम्पन्न भएको हो । जसमा नेपालल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाटा) सहित नेपालका १० पर्यटन व्यावसायिक कम्पनीहरूले सहभागिता जनाएका थिए ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा सहभागी टोलीमा १६ जना सदस्यहरू रहेका थिए, जसमा टुर अपरेटर, ट्राभल एजेन्सी तथा होटेल प्रतिनिधिहरू समावेश थिए । टोलीले साहसिक पर्यटन, प्रकृति, संस्कृति र विशेष विषयका पर्यटन उत्पादनहरू प्रस्तुत गर्दै नेपाललाई बङ्गलादेशी यात्रुहरूका लागि छोटो दूरीमै पाउने अद्वितीय तथा अर्थपूर्ण गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ ।
यस अन्तर्राष्ट्रिय मञ्चले नेपाल पर्यटन बोर्ड र नेपाली पर्यटन व्यवसायीहरूलाई क्षेत्रीय सहकार्य मजबुत पार्न, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउने र नेपाललाई “जीवनभरको अनुभवको गन्तव्य”का रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण अवसर प्रदान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण