सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

जिपीम्यानको नयाँ कार्यसमिति चयन

आइतबार, १६ कात्तिक २०८२, १३ : ०५
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • डा. विश्वराज दवाडीको अध्यक्षतामा जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ।
  • नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा डा. सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा. तीर्थमान श्रेष्ठ लगायतका पदाधिकारी चयन भएका छन्।
  • नवनिर्वाचित अध्यक्ष डा. दवाडीले संस्थाको एकता, पेसागत उन्नति र आपत्कालीन स्वास्थ्य सेवामा योगदान गर्ने विश्वास व्यक्त गरे।

काठमाडौँ । जनरल प्राक्टिस एण्ड इमर्जेन्सी मेडिसिन एशोसिएसन अफ नेपाल ‘जिपीम्यान’को आज यहाँ सम्पन्न २७औँ साधारणसभाले डा विश्वराज दवाडीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमितिको निर्वाचन गरेको छ ।
आगामी तीन वर्षका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा डा सुरेशप्रसाद नेपाल, उपाध्यक्षमा डा तीर्थमान श्रेष्ठ, महासचिवमा डा विकास गौचन, सहसचिवमा डा सन्तोष बास्तोला, कोषाध्यक्षमा डा सञ्जयकुमार गुप्ता तथा सहकोषाध्यक्षमा डा आरती शाह चयन भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा डा.ऐषणा जोशी, डा.दयाराम लम्साल, डा.दीपेन्द्र तिमिल्सिना र डा.राजीवराज थपलिया रहेका छन् । सरकारी तथा निजी अस्पताल एवं दुर्गम भेगमा रहेका स्वास्थ्य संस्थामा कार्यरत आकस्मिक तथा सामान्य चिकित्सा क्षेत्रमा कार्यरत ८०० भन्दाबढी चिकित्सक रहेको यस संस्था २०४६ सालमा स्थापना भएको हो । 

संस्थाको एकता, पेसागत उन्नति र आपत्कालीन स्वास्थ्य सेवामा योगदानका लागि नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने नवनिर्वाचित अध्यक्ष डा.दवाडीले विश्वास पनि व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप