नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित, कात्तिक १८ गते बस्ने
आइतबार, १६ कात्तिक २०८२, १३ : २०
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।
- पार्टीको बैठक २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।
- बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ।
काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार उक्त बैठक अब २०८२ साल कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे बस्ने भएको छ।
केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ। केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण