सवारी चालक अनुमतिपत्र र सवारी दर्ता सेवा आंशिक रुपमा सुचारु
सारांश
- यातायात व्यवस्था विभागले तोडफोड र आगजनीका कारण अवरुद्ध सेवाहरू आंशिक रूपमा सुचारु गरेको छ।
- भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा डाटा सेन्टरमा क्षति पुगेको थियो, जसले सेवा अवरुद्ध गर्यो।
- काठमाडौं उपत्यकाका कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्र र सवारी दर्ता सेवा आंशिक रूपमा सञ्चालनमा आएका छन्।
काठमाडौं । यातायात व्यवस्था विभागले तोडफोड र आगजनीका कारण अवरुद्ध सेवाहरू आंशिक रूपमा सुचारु गरेको जनाएको छ।
विभागले आइतबार जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा विभागमा भएको आगजनी र तोडफोडले डाटा सेन्टर, विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली लगायतका सेवामा क्षति पुगेकाले सेवा अवरुद्ध हुन पुगेको उल्लेख गरिएको छ।
तर अहिले काठमाडौं उपत्यकाका यातायात व्यवस्था कार्यालयहरूबाट सवारी चालक अनुमतिपत्र र सवारी दर्ता सेवा आंशिक रूपमा सञ्चालनमा आएका छन्। अन्य यातायात व्यवस्था कार्यालयहरूमा भने प्रणाली परीक्षण कार्य भइरहेको र क्रमशः देशभरका कार्यालयहरूबाट पनि सेवा सुरु गरिने तयारी भइरहेको विभागले जनाएको छ।
विभागले सबै कार्यालयहरूलाई प्रणाली सञ्चालनका लागि नेटवर्किङ, बायोमेट्रिक उपकरण र आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्न आग्रह गरेको छ। साथै, विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह सहज बनाउने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण