कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो हुने
सारांश
- नास आइटीले 'टिग नास आइटी एक्स्पो २०२५' आयोजना गर्दैछ, जुन कात्तिक २१ र २२ गते हुनेछ।
- ललितपुरको हेरिटेज गार्डेनमा हुने एक्स्पोमा आइटी सफ्टवेयर, उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ।
- एक्स्पोले नेपालमा उत्पादित उत्पादनको खपत बढाउनुका साथै आइटी क्षेत्रका व्यक्तिहरूलाई एउटै प्लेटफर्ममा ल्याउनेछ।
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनिज (नास आइटी) ले ‘टिग नास आइटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । नास आइटीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक २१ र २२ गते उक्त एक्स्पो हुने जानकारी दिएको हो ।
ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्स्पोमा विभिन्न आइटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् । स्थानीय प्रविधि र डिजिटल उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि पहिलो पटक नास आइटी एक्स्पो गर्न लागिएको हो ।
एक्स्पोमा ३० बढी आइटी सेवा र उत्पादनहरूको प्रदर्शनी रहने छ । एक्स्पो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आइटीले जनाएको छ । साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउन सक्नेछन् ।
एक्स्पोले नेपालमा उत्पादित उत्पादनलाई नेपालमा नै खपत गर्नको लागी भूमिका खेल्ने नास आईटीका उपाध्यक्ष दीपेन चापागाईंले बताए । एक्स्पोले नेपालको आइटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्ने उनको भनाई छ ।
नास आइटी एक्सपोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ । एक्स्पोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू सहभागी हुने जनाइएको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण