राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडी
सारांश
- हरि खड्काले एएफसी प्रतियोगिताको छनोटका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
- नेपालले नोभेम्बर १८ मा मलेसियासँग एएफसी छनोटको खेल खेल्नेछ।
- नेपाली टोलीले मलेसियासँगको खेल अघि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ।
काठमाडौँ । नेपाल राष्ट्रिय पुरुष फुटबल टोलीका अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सन् २०२७ मा साउदी अरबमा आयोजना हुने एएफसी प्रतियोगिताको छनोट चरणको खेलका लागि नेपाली टोलीलाई बन्द प्रशिक्षणमा बोलाइएको हो ।
नेपालले नोभेम्बर १८ मा मलेसियासँग एएफसी छनोट अन्तर्गतको खेल खेल्दैछ । मलेसियासँगको छनोट खेल अघि, नेपाली टोलीले बङ्गलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ। यो मैत्रीपूर्ण खेल नोभेम्बर १३, २०२५ (कात्तिक २७, २०८२) मा हुने हुनेछ ।
बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीहरूको सूची :
किरणकुमार लिम्बु, दीप कार्की, विशाल सुनार, तिकेन्द्र थापा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिष श्रेष्ठ, विमल पाण्डे, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, दिवाकर चौधरी, श्रीजनराज गौतम, सञ्जिव लामा, शंखर थारु, दीपेश धिमाल, अरिक विष्ट, मणिकुमार लामा, कृतिशरत्न छन्जु, कुशल देउवा, लाकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, दीपेश गुरुङ, गिलेस्पीजंग कार्की, अन्जन विष्ट, आयुष घलान, दिनेश हेन्जन, सुवास बाम, समीर तामाङ आदित्य शाक्य, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण