शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

हर्मित सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

आइतबार, १६ कात्तिक २०८२, १७ : ४५
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले अमेरिकाका अलराउन्डर हर्मित सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि तेस्रो विदेशी खेलाडीका रुपमा अनुबन्ध गरेको छ । 

यससँगै हर्मितले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन् । गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए । उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।
आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मितले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एकपटक फर्किँदै छु । गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ ।’ 

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हर्मितको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हर्मितको आगमनले टिम झनै बलियो बनेको छ। उनीबाट गत सिजन जस्तै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका छौँ ।’ 

३२ वर्षीय हर्मित बाँयाहाते बलर हुन् र बायाँहातले ब्याटिङ पनि गर्छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एकदिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन् । 

स्मरण रहोस्, हर्मित सन् २०१२ को यू–१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् । 

सुदूरपश्चिम रोयल्सको टोलीः 

दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मित सिंह
मुख्य प्रशिक्षकः जगत टमटा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप