माओवादी, एकीकृत समाजवादीसहित आठ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
सारांश
- माओवादी केन्द्रसहित ८ दलले पार्टी एकता गर्ने सहमति गरेका छन्।
- यी पार्टीहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादी क्रान्तिको लक्ष्यका लागि एकता गर्ने बताएका छन्।
- आगामी १९ गते एकता घोषणा गर्ने र मार्क्सवाद-लेनिनवादलाई मार्गनिर्देशक सिद्धान्त बनाउने सहमति भएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादीसहित आठ वटा दलबिच एकता हुने भएकाे छ । आगामी १९ गते ८ पार्टीहरूबिच एकता हुने भएकाे हाे । आइतबार पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।
आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीहरूकाे बैठकमा १८ बुँदे सहमति भएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता भएको नेताहरुले बताएका छन् ।
यही आवश्यकतालाई ध्यानमा राखेर नेकपा माओवादी केन्द्र, ने.क.पा. (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी जनसमाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा(माओवादी समाजवादी) र नेकपा (साम्यवादी) का बिचमा पार्टी एकता र कम्युनिष्ट एकीकरणको प्रकृया अगाडि बढाउनका लागि १८ बुँदामा सहमति गरिएको हो ।
- पार्टीको मार्ग निर्देशक सिद्धान्त : मार्क्सवाद–लेनिनवाद हुनेछ ।
- नेपाली कान्तिको कार्यक्रम : नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ।
- पार्टीको तात्कालिक कार्यनीति : पुँजीवादी जनवादी कान्तिका उपलब्धिको रक्षा राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रूपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।
- आन्दोलनको स्वरूप आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ। परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोचाहरु आन्दोलनको मोर्चा हुनेछन् ।
- पार्टीको एकता राष्ट्रिय सम्मेलन : एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिनेछ ।
- एकता राष्ट्रिय महाधिवेशन :आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
- केन्द्रीय समितिको गठन : एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
- केन्द्रीय समिति भित्रको संरचना : केन्द्रीय समिति, राजनीतिक समिति सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
- संयोजक र सहसंयोजक : केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजक व्यवस्था हुनेछ ।
- सहमति र समन्वय एकता : राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
- सबै तहको पार्टी पङ्क्तिमा एकता समायोजन : सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजकहरु सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिने छ ।
- दुई तहमा रहनसक्ने : कुनै पनि सदस्यहरू दुई तहको समितिमा रहन सक्ने छन् ।
- पार्टी समितिहरूको सञ्चालन : पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरूप हुने छ ।
- राजनीतिक प्रतिवेदन र कार्यक्रम : पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन कार्यक्रम लगायतका दस्ताबेजहरू निर्माण गर्न कार्यदल गठन गरिने छ ।
- सङ्गठनात्मक समायोजन : पार्टी समितिहरू र जनसङ्गठनहरूमा सङ्गठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
- पार्टीको तहगत कार्यकारी समितिहरु: केन्द्र, भौगोलिक र गैरभौगोलिक दुवै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन्। सङ्घ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरू सङ्गठन समितिको रूपमा रहने छन् ।
- पार्टीको नाम र चुनाव चिन्ह : पार्टीको नाम....................... रहने र चुनाव चिन्ह पाँचकुने तारा हुने छ ।
- मतभेद समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्याइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण