निर्वाचनका लागि लुटिएका हतियार फिर्ता र फरार कैदीबन्दी पक्राउ गरौँ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले निर्वाचन गर्ने बताएपनि निर्वाचनको वातावरणका लागि जेनजी प्रदर्शनमा लुटिएका हतियार फिर्ता, फरार कैदीबन्दीलाई पक्राउ र सङ्घीय सरकारका मन्त्रीहरूको बोली सन्तुलित हुनुपर्ने बताए ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सात वटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफलको क्रममा मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले हालै सरकारले जारी गरेको सुशासन सम्बन्धी परिपत्रले लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा सभामुखको स्वकीय राख्ने विषय नबालेको उल्लेख गर्दे लुम्बिनीमा कानुन निर्माण गरेर काम गरिएको बताए । उनले केन्द्र सरकारबाट परिपत्र गर्न आवश्यक नरहेको समेत त्यसक्रममा बताए ।
उनले प्रधानमन्त्रीलाई लुम्बिनी प्रदेशको कानुनले प्रदेशका मन्त्रीहरू २ वटा स्वकीय राख्न सक्ने कानुन निर्माण गरेको तर सङ्घले पठाएको परिपत्रमा प्रदेशका मन्त्रीले ३ वटा स्वकीय राख्ने सम्म उल्लेख गरेर पठाउँदा समस्या उत्पन्न भएको बताए ।
उनले सङ्घीय सरकारले ५ बर्से सुशासनको रणनीति बनाएर काम गरिरहेको उल्लेख गर्दै सङ्घीय सरकारले भन्दा पहिला नै प्रदेशका पूर्व विशिष्टहरूको सेवा सुविधा कटौती गरिएको प्रस्ट्याए ।
उनले प्रदेशका पूर्व विशिष्टहरूको गाडी तथा अन्य सेवा सुविधा कटौती गर्ने,५ लाख भन्दा धेरै रकमको टेन्डर आह्वानबाट काम गराउने नीति प्रदेश सरकारबाट भइरहेको प्रधानमन्त्री कार्कीसमक्ष जानकारी गराए ।
उनले उद्योगीहरूको विद्युत् लाइन काट्दा मजदुरहरूको रोजीरोटी गुम्ने र उद्योगीहरू हतोत्साहित हुँदै लगानीको वातावरण नबन्ने विषयमा पनि प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराए ।
उनले प्रदेश सरकार सङ्घको युनिट नभएर आफै स्वायत्त रहेको समेत बताए । उनले सङ्घ सरकारले दिने अनुदानको आधारमा प्रदेशमा ठेक्का लगाएको उल्लेख गर्दै उक्त रकम रोक्न नमिल्ने समेत बताए । त्यसअवसरमा प्रधानमन्त्री कार्कीले सङ्घ सरकारबाट भएको परिपत्रलाई सच्याइने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण