अभिनेता पंकज त्रिपाठीलाई मातृशोक
सारांश
- अभिनेता पंकज त्रिपाठीकी आमा हेमवंती देवीको निधन भएको छ, जो ८९ वर्षकी थिइन्।
- आमाको निधन बिहारको गोपालगञ्ज जिल्लामा रहेको घरमा भयो, जहाँ पंकज त्रिपाठी अन्तिम समयमा उपस्थित थिए।
- परिवारले शुभचिन्तकहरूलाई प्रार्थना गर्न र गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।
मुम्बई । बलिउड अभिनेता पंकज त्रिपाठी लाई मातृशोक परेको छ। उनकी आमा हेमवंती देवी को शुक्रबार बिहारको गोपालगञ्ज जिल्लास्थित बेलसन्डमा रहेको उनकै पैतृक निवासमा निधन भएको हो। उनी ८९ वर्षकी थिइन् र केही समयदेखि बिरामी थिइन्।
पारिवारिक स्रोतका अनुसार, हेमवंती देवीले घरमै अन्तिम सास लिइन् र अन्तिम समयमा पंकज त्रिपाठी आमाकै साथमा थिए। उनको अन्तिम संस्कार शनिबार बेलसन्डमा परिवारका सदस्य र नजिकका नातेदारहरूको उपस्थितिमा गरियो।
दु:खको यस घडीमा त्रिपाठी परिवारले सबै शुभचिन्तकहरूलाई हेमवंती देवीको आत्माको शान्तिको लागि प्रार्थना गर्न अनुरोध गरेको छ । साथै मिडिया र मानिसहरूलाई आफ्नो गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ।
यसअघि, पंकज त्रिपाठीका पिता पण्डित बनारस तिवारी को सन् २०२३ मा ९९ वर्षको उमेरमा निधन भएको थियो।
पंकज त्रिपाठीको कामको कुरा गर्दा, उनी पछिल्लो समय जुलाईमा फिल्म 'मेट्रो इन दिनोँ' मा देखिएका थिए। उनी अब छिट्टै नै वेब सिरिजबाट फिल्ममा परिणत हुन लागेको 'मिर्जापुर: द मुभी' मा देखिनेछन्, जसको बनारस सेड्युलको छायांकन भर्खरै सम्पन्न भएको छ। उनलाई वेब सिरिज 'मिर्जापुर' बाट निकै लोकप्रियता मिलेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण