वीरगञ्ज नाका हुँदै तीन महिनामा पौने ९ अर्बका सवारीसाधन भित्रिए
सारांश
- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाकाबाट ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए।
- सवारीसाधन आयातबाट ७ अर्ब ७७ करोड राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।
- गत वर्षको तुलनामा यस वर्ष सवारीसाधनको आयात र राजस्व दुवैमा वृद्धि भएको छ।
वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै आठ अर्ब ७० करोड रुपैयाँ मूल्य बराबरका विभिन्न सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार, सवारीसाधनको यो आयातबाट सात अर्ब ७७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवाली ले गत वर्षको तुलनामा यस वर्ष सवारीसाधनको आयात र त्यसबाट प्राप्त राजस्व दुवैमा वृद्धि भएको जानकारी दिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब १९ करोड रुपैयाँका सवारीसाधन आयात हुँदा ५ अर्ब ९५ करोड राजस्व उठेको थियो।
चालु आवको तीन महिनामा सबैभन्दा बढी २४ हजार ९३९ वटा अनएसेम्बल मोटरसाइकल आयात भएका छन्, जसबाट ३ अर्ब २८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
यस अवधिमा ६२ करोड २४ लाख रुपैयाँ मूल्य बराबरका ३३० वटा जीप, कार र भ्यान आयात भए भने ६८ करोड ५ लाख रुपैयाँ मूल्य बराबरका २२९ वटा विद्युतीय जीप, कार र भ्यान पनि भित्रिएका छन्। गत वर्षको तुलनामा विद्युतीय सवारीसाधनको आयातमा उल्लेख्य वृद्धि देखिएको छ, जसबाट ४५ अर्ब ७२ लाख राजस्व सङ्कलन भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका ६ संस्करण खेल्ने पहिलो खेलाडी मेसी
-
मेस्सीको जादुयी ह्याट्रिक, रोनाल्डोले के गर्लान् ?
-
दीपक भट्ट र सुलभ अग्रवालविरूद्धकाे मुद्दामा थुनछेक बहस सकियाे, आदेश आउँदै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण