सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी गायिका ब्रिटनीले डिलिट गरिन् इन्ष्टाग्राम खाता

सोमबार, १७ कात्तिक २०८२, ११ : ५६
सोमबार, १७ कात्तिक २०८२

सारांश

  • अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्नो इन्स्टाग्राम खाता हटाएकी छिन्।
  • उनले हालै क्रिप्टिक र भावनात्मक पोस्टहरू पोस्ट गरेकी थिइन्।
  • गायिका र उनको टिमले खाता डिलिट गरेको बारेमा आधिकारिक टिप्पणी गरेका छैनन्।

लस एञ्जलस । अमेरिकी गायिका ब्रिटनी स्पियर्सले आफ्नो इन्ष्टाग्राम खाता डिलिट गरेकी छिन् । हालैका दिनमा कयौँ क्रिप्टिक र इमोशनल पोस्ट सेयर गरिरहेकी उनले अचानक आफ्नो इन्स्टाग्राम खाता डिलिट गरेकी छिन् ।

पिपलका अनुसार ब्रिटनी स्पियर्सको खाता नोभेम्बर २ मा डिलिट गरिएको थियो । फ्यानहरूले उनको प्रोफाइल हेर्न खोज्दा खाता नै इन्स्टाग्रामबाट हटाइएको फेला पारे । तर, गायिका र उनको टिमले इन्स्टाग्राम खाता डिलिट गरेको निर्णयमा आधिकारिक रूपमा टिप्पणी गरेका छैनन् ।

ब्रिटनी स्पियर्सले आफ्ना पूर्वपति केभिन फेडरलाइनको सम्झनामा धेरै पोस्टहरू सेयर गरेकी छिन् । केही दिनअघि गायिकाले क्याप्सनमा आफ्ना बच्चाहरू, जेडेन जेम्स र सीन प्रेस्टनलाई ट्याग गर्दै नृत्यको भिडियो सेयर गरेकी थिइन् । 

गायिकाले यो पोस्टमा कमेन्ट बन्द गरेकी थिइन् । यसबाहेक पनि अक्टोबर ७ मा गायिकाले सामाजिक सञ्जालमा अर्को भिडियो सेयर गरेकी थिइन् ।

भिडियोमा उनको हातमा चोट लागेको देखिएको थियो भने हात र नाडीमा पट्टी बाँधिएको देखाइएको थियो । क्याप्सनमा उनले आफू साथीको घरमा सिँढीबाट खसेको लेखेकी थिइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप