बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुशीला नेतृत्वको सरकार विदेशी शक्तिले उभ्याइएको कठपुतली सरकार हो : वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी

सोमबार, १७ कात्तिक २०८२, १३ : ३७
सोमबार, १७ कात्तिक २०८२

काठमाडौँ । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी (वैसकपा) नेपालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार नेपाली जमिनबाट नउम्रिएको आरोप लगाएको छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्दै वैसकपा नेपालले जेनजी विद्रोहको अपहरण गरी विदेशी शक्तिद्वारा उभ्याइएको कठपुतली सरकार भएको निष्कर्ष निकालेको हो ।

‘सुशीला कार्की नेतृत्वको वर्तमान सरकार नेपाली जमिनबाट उम्रिएको सरकार होइन । बरु ‘जेनजी विद्रोह’लाई अपहरण गरी वैदेशिक शक्तिहरूद्वारा उभ्याइएको कठपुतली सरकार मात्र हो । तसर्थ, यसले नेपाली समाजको आजको अन्तर्विरोध हल गर्न नसक्ने निष्कर्ष बैठकले निकालेको छ’, विज्ञप्तिमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप