जेनजी आन्दोलनपछि निजी क्षेत्रको एकता: शान्ति र समृद्धिका लागि संयुक्त घोषणापत्र जारी
सारांश
- जेनजी आन्दोलनपछिको अवस्थाबारे निजी क्षेत्रका २८ वटा सङ्गठन एकताबद्ध भए।
- उनीहरूले शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै संयुक्त घोषणापत्र जारी गरे।
- निजी क्षेत्रले देशको वर्तमान अवस्थाप्रति चासो व्यक्त गर्दै राष्ट्र निर्माणमा भूमिका खेल्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । जेनजी आन्दोलनपछिको परिस्थितिले देशको व्यावसायिक वातावरणमा पारेको प्रभावलाई सम्बोधन गर्न नेपालका २८ वटा निजी क्षेत्रका छाता सङ्गठनहरू एकताबद्ध भएका छन्।
राष्ट्रिय व्यावसायिक पहलको संयोजनमा सोमबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले शान्ति र समृद्धिका लागि ऐक्यबद्धता जनाउँदै संयुक्त घोषणापत्र जारी गरेका हुन्।
उक्त घोषणापत्रमा निजी क्षेत्रले देशको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अवस्थाप्रति गहिरो चासो व्यक्त गर्दै राष्ट्र निर्माणमा थप जिम्मेवार र सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले देशको पछिल्ला राजनीतिक अनिश्चितता, आर्थिक मन्दी र सामाजिक असन्तुलनले व्यावसायिक वातावरणमा चुनौती थपिएको बताए । उनले त्यसले लगानी, रोजगारी र उत्पादन क्षमतामा प्रत्यक्ष असर पारेको उल्लेख गरे।
उनले यस्तो अवस्थामा पनि निजी क्षेत्र राष्ट्र निर्माणको जिम्मेवारीबाट कहिल्यै पछि नहटेको बताए ।
उनले भने, 'आज हामी सबै यहाँ एउटै साझा उद्देश्यका साथ उपस्थित भएका छौँ- शान्ति र समृद्धिका लागि ऐक्यबद्धता। हाम्रो विश्वास छ- शान्ति बिना समृद्धि सम्भव छैन, र समृद्धि बिना शान्ति स्थायी रहँदैन।'
जोशीले निजी क्षेत्र देशको अर्थतन्त्रको इन्जिन भएको बताउँदै कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतभन्दा बढी र करिब ५० लाख रोजगारी सिर्जना गरेर राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको तथ्यलाई स्मरण गराए।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण