पण्डित दिनबन्धु टोकियोमा, सप्ताहमा १५ करोड उठाउने लक्ष्य
सारांश
- टोकियोमा नेपाली समुदायको भवन र मन्दिर बनाउन महायज्ञ हुँदैछ।
- महायज्ञ नोभेम्बर ८ देखि १५ सम्म शिन्जुकोमा आयोजना हुनेछ, जसमा १५ करोड संकलनको लक्ष्य छ।
- सप्ताहको प्रमुख वाचक प्रविण पण्डित् दिनबन्धु पोखरेल नेपालबाट आइसकेका छन्।
टोकियो । आगामी साता हुन लागेको ‘टोकियो सप्ताह-२०२५' को तयारी लगभग पूरा भएको छ । नेपाली समुदायको आफ्नै भवन र मन्दिर बनाउन नोभेम्बर ८ देखि १५ सम्म टोकियोको शिन्जुकोमा महायज्ञ हुन लागेको हो ।
शिन्जुकोस्थित कु काबुखिचोमा हुने सप्ताहको भौतिक तयारी पुरा भएको र केही आन्तरिक तयारी तिब्र पारिएको सप्ताह मूल–आयोजक समितिले जानकारी दिएको छ । सप्ताहको प्रमुख वाचकका रुपमा प्रविण पण्डित् दिनबन्धु पोखरेल नेपालबाट आइपुगेका छन् ।
जापान आएलगत्तै उनले मुल–आयोजक समितिसँग तयारीबारे जानकारी लिएका छन् । उनले आज मेघुरोस्थित मेघुरो कोमिन सेन्टरको सभाहलमा आयोजक समिति र स्थानीय नेपाली समुदायसँग अन्तरक्रिया समेत गरे ।
जापान बसोबास गर्ने नेपालीका विभिन्न सभा, समारोह तथा धार्मिक कार्यका लागि आफ्नै सामुदायिक भवन निर्माण गर्ने उदेश्यले अर्थ संकलन गर्न यो सप्ताह गर्न लागिएको हो । सो भवनमा पशुपतिनाथ र बौद्ध मन्दिर समेत रहने छ ।
सप्ताहबाट ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि श्रद्धालु दाताबाट १५ करोड संकलन गर्ने लक्ष्य लिइएको छ । सप्ताहमा हजारौं नेपालीको सहभागीता रहने र लक्ष्य बराबरको अर्थ संकलन हुने आयोजक मूल–समितिका संयोजक सालिकराम भण्डारीले बताए ।
दाताको सजिलोका लागि नगद, चेक, क्रेडिट कार्ड र डेविट कार्ड तथा पे– पलमार्फत् अनलाईनबाट समेत दान गर्न सकिने व्यवस्था गरिएको छ । सप्ताहको सम्पूर्ण आर्थिक कारोबार चुस्त र पारदर्शी बनाउन मूलआयोजक समिति मातहतको अडिटिङ टिम र ट्रेजरर टिम बनेको छ ।
सप्ताहमा टोकियो आसपासका शहरहरु नागोया, ओसाका, फुकुओकाबाट समेत नेपालीहरु आउने अध्यक्ष लामिछानेले आशा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण