‘मन्त्रीबाट राजीनामा दिन लागेको विषयमा सत्यता छैन, जनादेश पूरा गर्न क्रियाशील छु’
सोमबार, १७ कात्तिक २०८२, २१ : ०३
काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको समाचारहरूमा सत्यता नरहेको बताएका छन् ।
मन्त्री घिसिङले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।
‘विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु,’उनले भनेका छन् ।
जेनजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध रहेको उनले बताए ।
तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील रहेको मन्त्री घिसिङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण