देउसीभैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद
सोमबार, १७ कात्तिक २०८२, २१ : १७
कास्की । यहाँको बैदामस्थित वडा प्रहरी कार्यालयले देउसीभैलो खेलेर जम्मा भएको रकमले एक थान मोटरसाइकल खरिद गरेको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरीका सवारीसाधनमासमेत आगजनी गरिएपछि प्रहरीलाई गस्ती तथा शान्ति सुरक्षा कायम गर्न साधन स्रोतको अभाव भएको छ ।
देउसीभैलो खेलेर सङ्कलित रकममा कार्यालयले केही थप गरी रु दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार देउसीबाट रु दुई लाख २१ हजार ५१४ जम्मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण