टेक्सासमा २० वर्षीय नेपाली विद्यार्थी पाँच दिनदेखि सम्पर्कविहीन
सोमबार, १७ कात्तिक २०८२, २२ : ०१
काठमाडौँ । डेढ वर्ष अघि अध्ययनका लागि अमेरिकाको युटा पुगेका नुवाकोट जिल्लाका २० वर्षीय कुशल अर्याल पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।
कुशल हालसम्म परिवार र साथीहरूसँग सम्पर्कमा आएका छैनन्, र उनको फोन पनि निरन्तर बन्द छ ।
उनी अन्तिम पटक आफ्नै साइकलमा बाहिर निस्किँदा देखिएका थिए। परिवारका अनुसार, कुशलले विगतमा प्रायः “युटाह जान मन छ” भनेर उल्लेख गर्ने गर्थे । युटाह आसपासमा बस्ने सबैलाई खाेजीकार्यमा सहयोगका लागि अनुरोध गरिएको छ ।
कुशलको खोजीका लागि स्थानीय प्रहरीले हराएको उजुरी दर्ता गरी सक्रिय रूपमा अनुसन्धान अघि बढाइरहेको जानकारी प्राप्त भएको छ ।
कसैले कुशललाई वा उनको साइकललाई कतै देख्नुभएको भए, कृपया तुरुन्तै फोन वा सन्देशमार्फत ८३२–४२५–६१४९ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण