सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना ड्राफ्ट गरिँदै
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली सेनाको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना तयार गर्ने प्रक्रिया सुरु गरिएको छ । सेनाको सहायक रथीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत सम्मिलित समिति बनेको छ । सो समितिले एकीकृत सुरक्षा योजनाको मस्यौदा तयार गर्नेछ ।
निर्वाचन सुरक्षा व्यवस्थापन कार्यविधि–२०७८ अनुसार सुरक्षा व्यवस्थापन सम्बन्धी काम सुरु भएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतले रातोपाटीलाई बताए । उनले भने, ‘कार्यविधि अनुसार सुरक्षा व्यवस्थापन सम्बन्धी काम भइरहेको छ ।’
एकीकृत सुरक्षा योजनाको मस्यौदा तयार गर्नेगरी समिति गठन गर्नेबारे केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको थियो । सेनाका सहायक रथीको नेतृत्वमा बनेको समितिमा नेपाल प्रहरीका एसएसपी वसन्त रजौरे र सशस्त्र प्रहरी बलको कार्य विभागका एसएसपी राजेश उप्रेतीलाई प्रतिनिधिका रूपमा खटाइएको छ । राष्ट्रिय अनुसन्धान विभागबाट पनि प्रतिनिधित्व गराइएको छ ।
समितिले एकीकृत सुरक्षा योजनाको सम्पूर्ण खाका ड्राफ्ट गरेर केन्द्रीय सुरक्षा समितिमा पेस गर्नेछ । सो ड्राफ्ट केन्द्रीय सुरक्षा समितिबाट पारित भएपछि सोहीअनुसार निर्वाचनमा सुरक्षाकर्मी परिचालित हुनेछन् ।
निर्वाचनमा सेना, प्रहरी र सशस्त्र कुन कुन लेयरमा परिचालित गर्ने ? समन्वय कसरी गर्ने र कति जनशक्ति आवश्यक हुन्छ ? भन्नेबारे ड्राफ्ट तयार गरिने छ । मतदान केन्द्रको संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन गर्नेबारे पनि सो समितिले खाका तयार गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण