माओत्सेको ‘पेन्सन पट्टा’ मङ्सिरबाट फ्लोरमा
सारांश
- निर्देशक माओत्से गुरुङको फिल्म 'पेन्सन पट्टा'को छायाङ्कन मंसिरमा सुरु हुने भएको छ।
- भूपू लाहुरेहरूको कथामा आधारित फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ।
- फिल्मको कथा लोभी युवक कसरी दानी बन्छ भन्ने विषयमा केन्द्रित छ, जसको वितरण आरआर फिल्म्सले गर्नेछ।
काठमाडौँ । कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सन पट्टा’को छायाङ्कन मङ्सिरबाट हुने भएको छ । निर्देशक गुरुङले फिल्मको छायाङ्कन मङ्सिरको दोस्रो साताबाट सुरु हुने जानकारी दिए ।
फिल्म गुरुङकै लेखन र निर्माणमा बन्न लागेको हो । भूपू लाहुरेहरूको पृष्ठभूमिमा रहेर फिल्म बन्न लागेको हो । फिल्मले एकजना लोभी युवक कसरी दानी बन्न पुग्छ ? उसको स्वभाव र बानीमा कसरी परिवर्तन आउँछ भन्ने कथा भन्नेछ ।
फिल्म अभिनय मार्फत दर्शकको मनमा बस्न सफल गुरुङको फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, पशुपति राई, पुस्कर गुरुङ, प्रकाश गिरी, लुनिभा तुलाधर लगायतका कलाकारको फिल्ममा अभिनय रहनेछ । फिल्मका केहीिकलाकार अझै छनौटमा रहेको गुरुङले बताए ।
माओत्से गुरूङ फिल्मसको ब्यानरमा ‘पेन्सन पट्टा’ बन्न लागेको हो । गुरुङले यसअघि फिल्म ‘दयारानी’ निर्देशन गरेका थिए । गुरुङ भाषाका फिल्म निर्माण तथा निर्देशनमा भने पहिल्यैदेखि सक्रिय रहँदै आएका छन् । फिल्मको वितरण आरआर फिल्मस्का रोहित कट्टेलले गर्नेछन् । फिल्म वितरणका लागि मंगलबार गुरुङ र रोहित बिच सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण