माओवादीको आयोजक समितिको बैठक बस्दै, जनार्दन शर्मा छुट्टै पत्रकार सम्मेलन गर्दै
मङ्गलबार, १८ कात्तिक २०८२, १२ : ०४
सारांश
- माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक कमलादीमा बस्दै छ, जसमा एकता हस्ताक्षर र निर्णय अनुमोदन हुनेछ।
- जनार्दन शर्मा समूह आजको बैठकमा सहभागी नहुने भएको छ र उनले ललितपुरमा पत्रकार सम्मेलन गर्दैछन्।
- प्रचण्डले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको माग सुनुवाइ नभए पार्टीबाट अलग हुने तयारी गरेका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको केन्द्रीय समिति बैठक दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्दै छ । माओवादी, नेकपा एकीकृत समाजवादी लगायत ९ दलसँग एकता हस्ताक्षर र पछिल्लो सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्न बैठक बोलाएको हो ।
‘आजको बैठक धेरै लामो हुँदैन होला । कसैले बोल्न चाहेमा बोल्ने समय हुन्छ । पार्टी एकता सहमति र सचिवालय बैठकले गरेको निर्णय अनुमोदन गर्ने एजेन्डा रहेको छ’, नेता हरिबोल गजुरेलले भने ।
आजको बैठकमा जनार्दन शर्मा पक्ष सहभागी नहुने भएको छ । शर्मा पक्षले ‘प्रगतिशील वाम ध्रुवीकरण’को विषयमा जानकारी दिन दिउँसो ललितपुरमा पत्रकार सम्मेलन गर्दै छन् ।
नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठन गर्नुपर्ने अडान संयोजक प्रचण्डले सुनुवाइ नभएपछि पार्टीबाट अलगिने तयारी गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण