मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शाहरुखले ब्राड पिटको लुक कपी गरेका हुन् ?

मङ्गलबार, १८ कात्तिक २०८२, १२ : २२
मङ्गलबार, १८ कात्तिक २०८२

सारांश

  • शाहरुख खानको नयाँ फिल्म 'किंग'को पहिलो लुक सार्वजनिक भएपछि ब्राड पिटको लुकसँग मिल्दोजुल्दो भन्दै सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
  • कतिपयले यसलाई 'कपी' भनेका छन् भने कतिपयले शाहरुखको पुरानो शैली भनेका छन्, निर्देशक सिद्धार्थ आनन्दले भने यसलाई 'सोसल मिडिया ओभरथिङ्किङ' भनेका छन्।
  • 'किंग' २०२६ मा रिलिज हुने एक्सन थ्रिलर फिल्म हो, जसमा अभिषेक बच्चन, दीपिका पादुकोण लगायतका कलाकारको अभिनय रहनेछ।

नयाँ दिल्ली । यतिबेला बलिउड अभिनेता शाहरुख खानका फ्यानहरू खानको नयाँ फिल्मको व्यग्र प्रतीक्षामा छन् । ‘जवान’, ‘पठान’, र ‘डङ्की’पछि दुई वर्षयता ठुलो पर्दामा उनको कुनै नयाँ फिल्म आएको छैन । अभिनेताको ६०औँ जन्मदिनको अवसर पारेर मेकरहरूले शाहरुखको आगामी फिल्म ‘किङ’मा उनको पहिलो लुक उनको सार्वजनिक गरेका थिए । 

शुरुमा फिल्ममा अभिनेताको लुक देखेर उत्साहित बनेका निटिजन्सले पछि ब्राड पिटको लुक कपी गरेको आरोप लगाए ।

किंगको पहिलो लुकमा शाहरुखले नीलो शर्टबाहिर हल्का खैरो ज्याकेट लगाएका छन् । यो लुकलाई कयौं निटिजन्सले फिल्म ‘एफ१’ मा हलिउड अभिनेता ब्राड पिटको लुकसँग मिल्दोजुल्दो भनेका छन् । शाहरुख र ब्राड पिटको फोटोलाई सँगसँगै राखिएको फोटो र क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही फ्यानहरूले यसलाई ‘प्रेरणा’ भनेका छन् भने अरुले ‘नक्कल’को लेबल लगाएका छन् । कयौँले यसलाई कपी भनेको भएपनि केहीले यसलाई शाहरुखको पुरानो शैली भनेका छन् ।

‘जब ह्यारी मेट सेजल’मा पनि शाहरुखले एउटा दृश्यमा नीलो शर्टबाहिर हल्का खैरो ज्याकेट लगाएका थिए । फ्यानहरूले शाहरुखको यो लुकको बचाउ पनि गरिरहेका छन् । यो पोस्टमा किंगका निर्देशक सिद्धार्थ आनन्दले रमाइलो तरिकाले प्रतिक्रिया दिएका छन् ।

उनले कमेन्टमा दुई वटा हासिरहेको इमोजी राखेका छन् । यस्ता तुलनाहरूलाई उनले मजाकको रूपमा लिइरहेको स्पष्ट छ  । सिद्धार्थले यस अघि पठान र फाइटर जस्ता एक्शन ब्लकबस्टरहरू दिइसकेका छन् । चोरीको आरोपलाई उनले अस्वीकार गरेका छैनन् । यसलाई उनले ‘सोसल मिडिया ओभरथिङ्किङ’ भनेका छन् ।

सिद्धार्थ र शाहरुखले एक साथ काम गरेको किंग तेस्रो फिल्म हुनेछ । यसमा अभिषेक बच्चन, दीपिका पादुकोण, रानी मुखर्जी, राघव जुयाल, अभय वर्मा, अरशद वारसी, अनिल कपूर र संजय दत्तसँगै शाहरुखकी छोरी सुहाना खानको अभिनय छ । रेड चिलीज इन्टरटेनमेन्ट र माफ्र्लिक्स पिक्चर्सद्वारा निर्मित यो एक्सन थ्रिलर २०२६ मा हलमा आउनेछ । सिद्धार्थले यसलाई आफ्नो ‘सबैभन्दा भद्रगोल’ फिल्म भनिरहेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप